बाँकेमा बोलेरो पिकअप सहित अबैध रुपमा भित्रिएको ९ लाख बराबरको सामान बरामद ।

अर्थ / बाणिज्य विशेष समाचार

नेपालगन्ज : बाँकेको नेपालगन्ज धम्बोझी चोक स्थितबाट अबैध रुपमा भित्रीएको ९ लाख बराबरको सामान बरामद ।
शुक्रवार साझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि भारतको रुपैडियाबाट जमुनाह नाका हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको बोकेरो पिकअप लाई शंकाको आधार चेकजाँच गर्दा भारतिय ब्रान्डका जुत्ता चप्पल कुनै भन्सार नबुझाएको पाए पछी सामान सहित पिकअप प्रहरीले नियन्त्रण लिएको हो ।

तुलसीपुर उपमहानगरपालिका १ बस्ने बर्ष २४ को कमल बि.क ले चलाएको रा १ ज .३८१ नम्बरको बोलेरो पिकअप अबैध रुपमा भन्सार छली ल्याएको ९ लाख २२ हजार २५० रुपैयाँ बराबरको अबैध भारतिय ब्रान्डका जुत्ता चप्पल दाङ तर्फ लैजादै गर्दा बिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त बरामद गरेको मालसामान सहित आवश्यक कारबाहीको लागि अबैध सामान, सवारी साधन, र निज दुबै जनालाई नेपालगन्ज भन्सार कार्यालय बुझाए जिल्ला प्रहरी कार्यालय बाँकेका नायब उपरीक्षक नारायण डांगीले बताउनु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *