रौतहटका शत्रुधन बैठा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

मुख्य खबर राजनीति बिचार विशेष समाचार शिक्षा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । रौतहटका शत्रुधन बैठा सहित ४ जना मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । रौतहट जिल्ला बाट बैठा केन्द्रीय सदस्यमा मनोनित बैठा सहित डा.रितेश चौरासिया,कमलेश कुमार पट्टेल र रवि यादव मनोनित भएका हुन् ।

विद्यार्थी राजनीतिसँगै बैठा कानून व्यवसाय र समाजसेवामा पनि सक्रिय छन् । ७९ को बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र मंसिरमा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा उनी पार्टी नेतृत्वले खटाएबमोजिम चुनावी अभियान लिएर जिल्ला काम गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *