४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ बजारमा

अर्थ / बाणिज्य मुख्य खबर

नेपालगन्ज : भिभोले आफ्नो वाइसिरिजमा नयाँं मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको वाइ २७ मोडल एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।
डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको उक्त मोडल अन्य स्मार्टफोनका मोडलहरु भन्दा फरक देखिने कम्पनीले जनाएको छ ।
युवा पुस्ताको चाहनालाई मध्य नजर गर्दै सार्वजनिक गरिएको मोडलमा ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने वाइ २७ मोडलमा ५००० एमएएचको ब्याट्रि, नाइट टाइम चार्जिङ प्रोटेक्सन, ६ जिबि र्याम, ६जिबिको एक्स्टेन्डेड र्याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने लगायतका विशेषताहरु रहेको भिभो मोबाईलका बाँकेका सेल्स मेनेजर कौशल शर्माले बागेश्वरी पत्रलाई जानकारी दिए ।
नेपाली बजारमा यसको मूल्य २३ हजार ,९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *