भारतको श्रावस्तीमा कार दुर्घटना: ६ जना नेपालीको ज्यान गयो

देश तथा बिदेश खबर मुख्य खबर विशेष समाचार स्थानीय तह

नेपालगंज । भारतको श्रावस्तीमा कार दुर्घटना हुदाँ ६ जना नेपालीको ज्यान गएको छ । नेपालगंज उप-महानगरपालिका वडा नंम्वर ०८ त्रिभुवन चोकका ६ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको हो । शनिबार नेपाली समय अनुसार साँझ साढे ६ भएको कार दुर्घटनामा नेपालगंजका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको बताइएको छ । नेपालगंज त्रिभुवन चोक स्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताका छोरा र छोरी, नेपालगंज सदरलाईन स्थित हरि ओम मेडिकलका वैभव गुप्ताका र उनकी श्रीमती दिपिका गुप्ता र दुई छोराछोरी सहित ६ जना परेका हुन् ।

भारतीय टेलिभिजन न्युज १८ ले कार दुर्घटनामा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको जनाएको छ । दुर्घटनाको एकिन विवरण भने आइसकेको छैन । तर नेपालगंजका स्थानीयहरुले सामाजिक संजालमा दुई परिवारका गरी ६ जनाको मृत्यु भएको लेखेका छन् । उनीहरुको मृत्युको खबरले नेपालगंज त्रिभुवन चोक शोकमा डुबेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *