नयाँ नेतृत्वकाे लागि आफुलाई मतदान गर्न : रौनियारको अपील

अर्थ / बाणिज्य मुख्य खबर विशेष समाचार स्थानीय तह

नेपालगञ्ज । उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि आफूलाई मतदान गर्न ललित रौनियारले अपील गरेका छन् । शनिवार चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउँपालिकामा मतदाताहरू सँग भेटघाट गरेकाे छ । मतदाता भेटघाटकाे क्रममा आफूहरूका  साझा समस्या समाधान र व्यवसायिक हक हित सुनिश्चितताका लागि लाेकतान्त्रिक समूहलाई सहयाेग गर्ने बैजनाथ क्षेत्रका व्यवसायीहरूकाे धारणा आएकाले उत्साहित बनेकाे अध्यक्ष पदका उमेद्वार राैनियारले बताए ।

बैजनाथ अन्तर्गतका चादनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका व्यवसायीसँगकाे भेटघाटमा काेहलपुर क्षेत्रका उद्याेगी व्यवसायीहरूले समेत प्रजातान्त्रिक समूहलाई सहयाेगकाे लागि अपिल गरेक छन् । राैनियार नेतृत्वकाे समूहलाई सहयाेगका लागि काेहलपुर क्षेत्रका प्रतिष्ठित व्यवसायी लक्ष्मणराज पाैडेल, चण्डी गैरे, शरद रेग्मी, मातृका सापकाेटा लगायतका उद्याेगी व्यवसायीहरूले मतदाताहरूलाई सहयाेगकाे लागि अपिल गरेका छन् ।

यता प्रजातान्त्रिक समूहको जीत सुनिश्चित रहेको महासचिव पदका उम्मेद्वार टंक प्रसाद शर्मा बताउँछन् । उनले भने, ‘हाम्रो समूहलाई सहयोग गर्न कोहलपुर क्षेत्रका प्रतिष्ठित उद्योगी व्यवसायीहरू स्वतस्स्फूर्त रूपमा घरदैलो तथा मतदाता भेटघाटमा सरिक भएपछि हाम्रो समूहको जीत सुनिश्चित हुनेमा हामी विश्वस्त छौं ।’

पछिल्लो समय प्रजातान्त्रिक समूहले मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्र पारेको छ । आसन्न भदौ २ गते हुने नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रजातान्त्रिक समुहको तर्फबाट ललित कुमार रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

उक्त प्यानलबाट अध्यक्ष पदमा रौनियार, वाणिज्य तर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा मोहम्मद सफिक वेहना र महिला उपाध्यक्षमा करिश्मा योगीको उम्मेदवारी रहेको छ ।
यस्तै, संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप(महासचिवका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी सहित सदस्यहरुमा सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्ट तथा एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *