बाँकेमा काठको दार बरामद

अपराध मुख्य खबर विशेष समाचार स्थानीय तह

नेपालगंज । डिभिजन वन कार्यालय बाँकेले अवैध रुपमा तस्कर गरिएको सालको काठ बरामद गरेको छ । जिल्लाका विभिन्न तीनवटा सःमिलमा छापा मारिएको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा सो काठ बरामद भएको बताइएको छ ।
उनका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा रहेका सःमिलमा राखेको भन्ने सूचना प्राप्तका आधारमा बाँकेका तीन वटा मिलमा छापा मारेर अवैध काठ बरामद भएको हो । सहायक डिभिजनल वन अधिकृत पार्धेका अनुसार १९१.७८ क्यूफुट अवैध सालको चिरान काठ र ५१.०२ क्यूफुट अवैध खयरको गोलिया बरामद भएको छ ।

मंगलबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका २०, राँझास्थित मनकामना सःमिलबाट ९४ थान सालको ५१.८२ क्यूफुट चिरान काठ र जानकी गाउँपालिका ६, पिप्रहवास्थित शिवशंकर सःमिलबाट १ सय ४९ थान सालको १ सय ३३.९६ क्यूफुट चिरान काठ बरामद गरिएको पार्धेले जानकारी दिए ।

त्यसैगरी बुधबार बिहान जानकी गाउँपालिका –३, मानपुरस्थित जनता सःमिल प्रालिबाट ५६ थान खयर गोलियाको ५१.०२ क्यूफुट काठ बरामद गरिएको उनले बताए ।
बरामद गरिएका सबै काठहरु डिभिजन वन कार्यालय बाँकेमा ल्याइएको उनले जनाकारी दिए । बरामद गरिएका काठ र त्यसमा संलग्न व्यक्तिका बारेमा थप अनुसन्धान थालिएको उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *