मन्त्री र उपसभामुख पाउने भएपछि, नाउपा सुदुरपश्चिम सरकारमा जाने

मुख्य खबर राजनीति बिचार विशेष समाचार

२०८० साउन १६ नेपालगंज । नागरिक उन्मुक्ति पार्टी नाउपाले मन्त्री र उपसभामुख पाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने जानकारी दिए । उनले बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने प्रतिक्रिया दिए ।

यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *