बाँकेमा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट जरिवाना बापतको राजस्व बुझाउने प्रणाली लागू हुँदै

अर्थ / बाणिज्य मुख्य खबर

नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी निययम उल्लंघन गरे बापतको राजस्व अब बैंकिङ प्रणाली मार्फत हुने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नयाँ आर्थिक बर्षको सुरुवात संगै बाँकेमा पहिलो पटक यो बैंकिङ प्रणाली लागु हुन लागेको बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक तिलक बहादुर सुनारले जानकारी गराउनु भएको छ ।
अब ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट जरिवाना बापतको रकम सकिने कुरा बताउनु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सम्पुर्ण अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगंज र चिसापानीमा ट्राफिक प्रहरीबाट हुने कारवाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट हुने हुदाँ अनलाईन (इसेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैंकिङबाट गर्न सकिने भएको छ ।

साथै ट्राफिक प्रहरीको अनलाईबाट भुक्तानि गर्न इच्छुक नहुने ब्यक्तिले सिधै राष्ट्रिय वाणिज्य बैंकमा भौचर मार्फत रकम भुक्तान गरी सम्बन्धीत कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सकिनेछ । साथै मापसेमा परेका ब्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षा मा अनिवार्य सहभागिता हुनुपर्ने छ ।

सो कक्षा दैनिक बिहान ८ बजे संचालन हुदै आएको समेत सुनारले जानकार दिनु भएको छ। यो सेवा लुम्बिनी प्रदेशका बाँके, दाङ र रुपन्देही जिल्लामा श्राबण सोमबारदेखि संचालन हुन लागेको हो । जसले गर्दा ट्राफिक प्रहरीको कार्यालयमा पुग्नु पर्ने बाध्यताबाट सवारी चालकहरु झन्झटबाट मुक्त हुने छन भने सवार चलाउदा अनिवार्य कागजात बोक्नुपर्ने बानीको विकास समेत गर्नु आबश्यक रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *