योगा गर्दै बाँके ट्राफिक प्रहरी

मुख्य खबर स्वास्थ्य

सुरज मेघनाथ

जेष्ठ २९ गते

नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट बाकेमा कार्यरत ट्राफिक प्रहरीहरुले योग सिविरमा सहभागी भएका छन् ।

आवश्यकता अनुसार जनशक्तिको कमि भई एकै जनाले डियुटि समय भन्दा बढी खटिनु पर्ने भएकोले मानव जिवनलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्न आइतबार नेपालगन्जमा संचालित दी आर्ट अफ लिभिङ बाँकेका योग प्रशिक्षकहरुद्वारा दिइएको योग सिविरमा ट्राफिक प्रहरी सहभागी भएका हुन् ।

उक्त योगा सिविरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोष्ट बाँकेमा कार्यरत ट्राफिक प्रहरीहरु सहभागी बनेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख तिलक बहादुर सुनारले बताउनु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *