लागूऔषध प्रयोगकर्तालाई उपचारको पहुँचमा ल्याउन आवश्यक

मुख्य खबर विशेष समाचार स्वास्थ्य

गोबिन्द परियार

जेष्ठ २८ गते

नेपालगन्ज : लागूऔषध भनेको अन्य रोग जस्तै यो पनि एउटा रोग भएकाले लागूऔषध प्रयोगकर्तालाई सजाय दिनेभन्दा पनि उनीहरुलार्ई उपचारको पद्धतिमा ल्याउनु पर्ने रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा बोल्दै रिकभरिङ नेपाल लुम्बिनी प्रदेशला फोकल पर्सन प्रविण बिसीले लागूऔषध प्रयोगकर्तालाई सजाय दिनेभन्दा पनि उनीहरुलार्ई उपचारको पद्धतिमा ल्याउनु पर्ने बताएका थिए । जसका लागी यस विषयमा सरकारको नीति परिमार्जन गर्न जरुरी रहेको बिसीले बताएका छन् ।
२०७६ सालको तथ्यांकअनुसार नेपालमा हाई डोस लागूऔषत प्रयोगकर्ताको संख्या १ लाख ३० हजार ४ सय २४ अनुमान गरिएको छ । जसमा लुम्बिनी प्रदेशमा २५ हजार ६ सय २५ जनामध्ये महिलामात्रै १ हजार १८ जना कडा खालको लागूऔषध प्रयोगकर्ता रहेको पाइन्छ ।

बाँके जिल्लाको हकमा भने सो समयमा २ हजार ९३ जना हाई डोज लागूऔषध प्रयोगकर्ता रहेको रिकभरी नेपाल लुम्बिनी प्रदेश फोकल पर्सन प्रविन विसीले बताए । विसी हाल उक्त संख्या दोब्बर भई सकेको बताउँछन् ।

यो अवस्था अनुसार नेपालमा लागूऔषध दुर्व्यसनीको अवस्था चिन्ताजनतक रहेको देखिन्छ । नेपाल सरकारले लागूऔषध दुर्व्यसनीविरुद्ध सजाएको प्रावधान बनाए पनि कार्यान्वयनको पाटोमा भने सरकारको नीति मै समस्या देखिन्छ । सरकारले लागूऔषध प्रयोगकर्तालाई दोषीका रुपमा हेर्ने प्रावधान नै यसको प्रमुख समस्या हो ।
नेपालमा लागूऔषधसम्बन्धि सम्पूर्ण गतिविधि गृह मन्त्रालयले हेर्ने प्रावधान रहेको छ । लागूऔषधविरुद्ध काम गर्ने संघ–संस्थाले गृहको परिपत्रअनुसार काम गर्नु पर्ने हुन्छ । तर लागूऔषधको गतिविधि स्वास्थ्य मन्त्रालयले हेनु पर्ने रिकभरिङ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष इन्द्रा कुमारी जिसिले बताउनुभयो ।

‘लागूऔषध भनेको अन्य रोग जस्तै यो पनि एउटा रोग हो । हामीहरुले लागूऔषध प्रयोगकर्तालाई सजाय दिनेभन्दा पनि उनीहरुलार्ई उपचारको पद्धतिमा ल्याउनु पर्छ,’ जिसीले भने, ‘यस विषयमा सरकारको नीति परिमार्जन गर्न जरुरी रहेको छ र यसका लागि रिकभरी नेपालले काम गरिरहेको छ ।’

उसोत विश्व स्वास्थ्य संगठनले लागूऔषधलाई अन्य रोग सरहको मान्यता दिएको छ । जुन निको हुन सक्छ । विश्व स्वास्थ्य संगठनले लागूऔषधलाई रोगको संज्ञा दिई सक्दासमेत नेपाल सरकारले यसको पालना नगरेको नपाइएको विसी बताउँछन् । ‘लागूऔषध प्रयोगकर्तामा हेपाटाइटिस सीको जोखिम बढी हुन्छ । यसमा सरकारले कानुन परिमार्जन गरेर उनीहरुलाई उपचारको पद्धतिबाट उपचार गराउनु पर्छ,’ उनले भने ।
सरकारसँगको समन्वय बढाउन सुझाव

यसै विषयलाई लिएर रिकभरी नेपालले आइतबार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रमको समेत आयोजना गरेको छ । सो कार्यक्रममा लागूऔषधविरुद्धको नीति तथा कानुनलाई कसरी परिमार्जन गर्न सकिन्छ । लागूऔषधविरुद्धका कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

सो क्रममा उपस्थित सहभागीहरुले सरकारसँगको समन्वयलाई बढाउँदै लैजानु पर्ने सुझाव दिएका छन् भने पत्रकारहरुले हरेक स्थानीय सरकारलाई लागूऔषधविरुद्ध वार्र्षिक कार्यक्रम गर्न बजेट छुट्याउन लगाउने सुझाव दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *