नेपालगन्जमा फोटो फेस्टिवल प्रदर्शनी वैशाख ८ र ९ मा हुने

फोटो फीचर मुख्य खबर

नेपालगन्ज : फोटो फेस्टिवल अन्तर्गत आयोजित फोटो प्रतिस्पर्धामा पठाइएका फोटोहरुको छनोट कार्य अन्तिम चरणमा पुगेको छ । यसअघि चैत २१ र २२ गते फोटो प्रदर्शनी गर्ने भनिएता पनि एसईई परीक्षाका कारण छानिएका उत्कृष्ट १ सय ५१ फोटोहरुको प्रदर्शनी भने वैशाख ८ र ९ गते नेपालगन्जमा हुने आयोजकले जनाएको छ ।


‘केहि दिनमा उत्कृष्ट फोटोहरु घोषणा गछौं’, निर्णायक समितिका संयोजक विकास कार्कीले भने, ‘नेपालगन्ज फोटो फेस्टिवलमा यसपटक धेरै उत्कृष्ट फोटोहरु आएका छन् ।’ लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटोमात्रै प्रतिस्पर्धामा लिने गरेको नेपालगन्ज फोटो फेस्टिवलले यस वर्ष देशैभरबाट फोटो आह्वान गरेको हो ।


यसैगरी बाँके जिल्लाका ८ वटै पालिकाका धार्मिक पर्यटकीय स्थल, भेषभुषा, कला संस्कृति, मौलिक परिकार, जीवनशैली झल्किने ‘१ से १ तस्विरमा बाँके’ फोटो प्रदर्शनीका लागि आएका फोटोहरुको पनि छनोेट भइरहेको छ । यसमा १ सय १ फोटो छनोट गरेर प्रदर्शनीमा राखिनेछ ।


अन्तराल र नेपालगन्ज ज्यालेरीको सहकार्यमा गरिने उक्त प्रदर्शनीका लागि युवा पुस्ताहरुले व्यापक सहभागिता जनाएको ग्यालरीका संस्थापक समीरमान श्रेष्ठले बताए ।


फेस्टिवलकै अवसर पारेर गरिने ‘उहिलेको नेपाल’ फोटो प्रदर्शनीमा वर्षौ अगाडि खिचिएका फोटोहरु समावेश हुनेछन् । सुनील उलकले संकलन गरेको र किरणमान चित्रकारले उपलब्ध गराएका तस्वीहरु उक्त प्रदर्शनीमा राखिनेछ ।


सोही अवसरमा नेपाल फोटोग्राफी समिट आयोजना हुनेछ । जसमा सबै पुस्ताका नेपाली फोटो पत्रकारहरु र हरेक विधाका फोटोग्राफरहरु सहभागि हुनेछन् । देशैभरबाट १ सय १ जना को सहभागिता रहनेछ ।


फेस्टिवलकै अवसरमा ३ दिने फोटो पत्रकारिता तालिम आयोजना हुनेछ, जसमा ५० जना सहभागि हुने आयोजकले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *