जानकी गाउँपालिकाले आज तिज मिलन तथा दर खाने कार्यक्रम

मनोरञ्जन

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाले भोलि तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा शुक्रबार दिन निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तिज मिलन तथा दर खाने कार्यक्रम गर्ने भएको हो ।

सो कार्यक्रममा गाउँपालिका मातहतका १ देखि ६ वडाका निजामती कर्मचारी लगायतका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई तिज मिलन तथा दर खाने कार्यक्रममा सहभागी हुनका लागि गाउँपलिका प्रवक्ता टीका नाथ यादबले निमन्त्रणा गर्नुभएको छ ।

भाद्र १० गते शुक्रबार दिउँसो ३ बजेदेखि यातायात कार्यालय नेपालगन्जस्थित थकाली भान्सा घरमा कार्यक्रम हुने गाउँपालिकाको स्वास्थ्य अनमि सितल राजभण्डारीले जानकारी दिनुभएको हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *