होली संगै रंगिन बन्यो नेपालगन्ज ।

मनोरञ्जन

नेपालगन्ज : होलीको पूर्वसन्ध्यामा नेपालगन्जका चोक–चोक तथा गलीमा होलीका सामाग्रीले भरिभराउ भएको छ । यस वर्षको होली आज विहीबार र शुक्रबार मनाईदैछ ।

बालकदेखी बृद्धासम्मलाई होलीको उमङ्गले छोइसकेकोछ । होली आउनु पूर्व नेपालगन्ज तथा आसपासका विद्यालय, कलेजहरुमा होलीले आफ्नो उपस्थिती जनाइसकेकोछ ।

यतिखेर नेपालगन्जका अधिकांश विद्यालय र कलेज बन्दको हुनु पूर्व विद्यालय तथा कलेजबाट घर फर्केने विद्यार्थीहरु रगिन अनुहार लिएर फर्किरहेकाछन् ।

दुई दिनसम्म मनाइने पर्व धार्मिक तथा साँस्कृतिक हिसाबमा महत्वपूर्ण चाडका रुपमा लिइएकोछ । यो चाड पछिल्लो समय हिन्दू धर्मावलम्बीहरु माझ मात्र सिमित भएन ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *