कतार हुनेलाई खुसीको खबर, तपाई कतारमा हुनुहुन्छ भने अवश्य हेर्नु होला !

अर्थ / बाणिज्य विश्व

काठमाडौं : कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरुभएर पनि रद्द भैसकेको छ । तपाईको इच्छा कतार प्रहरीमा भर्ना हुने छ भने यो समाचार अवश्य हेर्नू होला ।

कतार प्रहरीको लागि नेपालबाट भर्नाको लागि श्रम मंत्री श्रेष्ठले प्रयास गर्ने बताए पनि त्यो कति सफल होला अहिले नै भन्न सकिने स्थिति छैन , तर स्रोतका अनुसार कतारमा रहेका नेपालीहरु कतार प्रहरीमा भर्ना हुन सहज रहेको बताईएको छ |

कतारमै रहेका एजेन्सीहरु मार्फत कतार प्रहरीमा नेपाली जान सकिने बताइएको छ | जसको लागि कतार सरकार समेत इच्छुक रहेको छ |

अब अहिले कतारमा रहेका धेरै नेपाली युवाहरुको जिज्ञासा भनेको कतारमा रहेका नेपालीले कतार प्रहरीमा भर्ना हुन पाउछ कि नाइँ भन्ने हो ।

कतारले नेपाल सरकार संग गरेको सम्झौतालाई आधार मन्नेहो भने कतार प्रहरीमा निजि मेनपावर कम्पनीले नै पठाउने छ । मेनपावर कम्पनीले मागपत्र प्रमाणीकरणको काम शुरु समेत गरेको छ ।

त्यस्तो अवस्थामा ती मागपत्र प्रमाणीकरण भएको मागमा नेपालबाट नै कतार प्रहरीमा भर्ना हुन सकिने जानकारहरु बताउदै आएका छन् ।

यश अर्थमा कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जान नपाउने भने होईन , कतारमै रहेको एजेन्सी मार्फत सम्पर्कमा आएर कतार प्रहरीमा कतारमा रहेका नेपालीहरु जान सकिने जानकार बताउछन् तर कतारमा रहेका त्यस्ता एजेन्सीमा सबै नेपाली युवाहरुको पहुच नभएको समेत बताउछन् जानकार ।

कतार प्रहरी सेवा सुबिधा र तलबको दृष्टिबाट निकै राम्रो मानिएको ले कयौ कतारमा रहेका नेपालीहरुले कतार प्रहरीमा जाने इच्छा पालेको हुन सक्छन् ।

त्यस्तो अवस्थामा कतार प्रहरीको लागि अनुमती लिएका र माग पत्र प्रमाणीकरण गरेका मेनपावर कम्पनी संग समन्वय गरेर बाकी प्रोसेसको बारेमा बुझेर कतार प्रहरीमा जान सकिने ठाउँ भने जिवितै रहेको जानकार बताउछन् ।

यता राजधानीमा रहेका अत्यन्त सीमित म्यानपावर कम्पनीले मात्र मागपत्र प्रमाणीकरण गरी पूर्व स्वीकृति लिने बुझिएपनि राजधानीका केही म्यानपावर कम्पनी र उनीहरुद्वारा निर्देशित केही अवैधानिक एजेन्टहरु डिमाण्ड नभएपनि पार्टी प्यालेस बुक गरी भविष्यमा डिमाण्ड आउने आश्वासनका भरमा अन्तर्वार्ता गराउन शुरु गरेका छन् ।

त्यसकारण कुनै पनि निर्णयमा पुग्न सबै कुरा बुझेर मात्रै प्रक्रिया सुरु गर्न हुन र सम्बन्धित मेनपावर कम्पनी र निकायमा मात्रै सम्पर्क गर्न अनुरोध समेत गर्दछौ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *